सप्तकोशी डेभलपमेन्ट बैंकको महिला सञ्चालकमा काफ्ले निर्वाचित

2021-04-11
सप्तकोशी डेभलपमेन्ट बैंकको महिला सञ्चालकमा काफ्ले निर्वाचित

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको महिला सञ्चालकमा भेषजा काफ्ले निर्वाचित भएकी छन्. । बैंकको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले महिला सञ्चालकमा उनलाई निर्वाचित गरेको हो। काफ्लेलाई बैंकको सर्वसाधारण सेयरधनीहरूले निर्वाचित गरेका हुन्। 

साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्षले आ.व.२०७६/७७ मा बैंकले ३ करोड २ लाख ३८ हजार सञ्चालन नाफा आर्जन गरेको बताए। आ.व.को अन्तमा बैंकले निक्षेप बाँकी रकम ३ अर्व ६६ करोड ४६ लाख रुपैयाँ तथा कर्जा लगानीमा रहिरहेको रकम २ अर्व ८५ करोड ७८ पुर्याएको उनले जानकारी दिए। 

सञ्चालक हेमराज सुवेदीले स्वागत मन्तव्य, सञ्चालक डा।अर्जुनकुमार बरालले धन्यवाद मन्तव्य राखेका थिए। सभा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले सञ्चालन गरेका थिए। 

बैंकले कर्पोरेट कार्यालयसहित ३२ वटा कार्यालयबाट बैंकिङ सेवा दिइरहेको छ। ग्राहकको सुविधाका लागि बैंकले निक्षेप संकलन गर्ने, कर्जा दिने, मोबाइल बैंकिङ, ईसीसी, आईपीएस, आस्वालगायत सबै प्रकारका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। 


Share this with your friends: