समिट लघुवित्तको अध्यक्षमा ढकाल चयन

2021-04-12
समिट लघुवित्तको अध्यक्षमा ढकाल चयन

काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज ढकाल नियुक्त भएका छन्। संस्थाको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो। 

उनी चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए। 

यस्तै उक्त वार्षिक साधारण सभाबाट संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वरोध निर्वाचित भएका छन् । सर्वसाधारण समूहतर्फबाट निर्वाचित हुनेमा तिर्थराज ढकाल, प्रदिप कुमार रेग्मि, टिकादेवी चुडाल र कृष्णहरि खत्री रहेका छन् । यस्तै सर्वसाधारण समूहतर्फबाट निर्वाचित हुनेमा जगन्ननाथ चालिस र नारायणप्रसाद लुइटेल रहेका छन् । 

 


Share this with your friends: