काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा कम्पनीको झण्डा फहराउन सफल भएका छन् । धितालले कम्पनीको प्रतिनिधित्व गर्दै सोमबार विहान ७ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेक्दै नेपाल लाइफको झण्डा गाडेका हुन् ।
नेपाल लाइफको प्रतिनिधित्व गर्दै कम्पनीको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएको भन्दै कम्पनीले उनलाई बधाईका साथै कृतज्ञता ज्ञापन गरेको छ ।