सहारा विकास बैंकद्वारा तीन आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान

2021-08-08
सहारा विकास बैंकद्वारा तीन आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले तीनवटा आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ, नवौँ र दशौँ वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको हो । 

बैठकले आगामी भदौ १२ गते शनिबारका दिन सर्लाहि मलंगवामा रहेको होटल कुसुम एण्ड पार्टी प्यालेसमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । 

उक्त सभामा सहारा विकास बैंक गरिमा विकास बैंकमा १ः१ सेयर स्वाब अनुपातमा प्राप्ति हुने सम्बन्धि प्रस्ताव तथा सो सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तावित प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७   को क्रमशः ८ औँ ९ औँ र १० औँ वार्षिक प्रतिवेदन पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त, २०७६ असार मसान्त र २०७७ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को अवधिको छुट्टा छुट्टै नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धि विवरणहरु पारित गरिनेछ । 

सभामा आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै सञ्चालक समितिमो प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वासाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।      

 


Share this with your friends: