काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी रु.२ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँको ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार ०२० रुपैयाँ बराबरको बोनस सेयर र ०.२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५८० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १६ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।