सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा

2021-03-02
सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फकुवा गरिएको छ। नेप्सेले आज(फागुन १८ गते)देखि लागू हुने गरी बैंकको सेयर कारोबार फुकुवा गरेको हो। 

नेप्सेले गत फागुन १६ गते बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरेको थियो। 

नेप्सेले अबदेखि यस्ता विषय प्रतिको संवेदनशिलतालाई ध्यान दिन सचेत गराउँदै कारोबार फकुवा गरिएको जनाएको छ। 

 


Share this with your friends: