काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिना अर्थात साउनमा १६ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार देशमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यो एक महिनाको अवधिमा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेको सूचीमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले साउन महिनामा ४ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
राष्ट्रिय बीमा संस्थान दोस्रो स्थानमा रहेको छ । कम्पनीले ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब ३३ करोड रुपैयाँ आर्जन गर्दै तेस्रौ स्थानमा रहेको छ ।
१ अर्ब रुपैयाँ आर्जन गरेको एलआईसी नेपाल सूचीको चौथो स्थानमा छ । यूनियन लाइफ ७६ करोड रुपैयाँ आर्जन गर्दै पाचौँ स्थानमा रहेको छ ।
यसैगरी एशियन लाइफले ६३ करोड, सूर्या लाइफ ५२ करोड, मेट लाइफ ४९ करोड, सिटिजन लाइफ ४५ करोड , प्राइम लाइफ गुरास लाइफ ४० करोड, आइएमई लाइफ ३४ करोड, ज्योति लाइफ ३३ करोड, रिलायबल नेपाल लाइफ ३० करोड, सन् नेपाल लाइफ २९ लाख, ायन्स लाइफ २८ करोड, सानिमा लाइफ १४ करोड र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्वन गरेका छन् ।