काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २३९.३३ अंकले घट्दै १७११०.६४ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३०.३१ अंकले आरालो लाग्दै १३१३२.९८ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। नेप्से परिसूचक १२.४७ अंकले घट्दै २६३७.१३ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा किनबेच भयो।
आज बजारमा तीनवटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। बैंकिङ समूह ७.११ अंकले बढेका आज वित्त ३.८५ र लगानी समूह ०.१५ अंकले बढ्यो।
व्यापार समूह ६२.९९ अंकले घटेको आज होटल एण्ड टुरिजम ४४.४, विकास बैंक १३.८५, हाइड्रोपावर ४९.३९, उत्पादन तथा प्रशोधन ३७.८२, अन्य २३.७२, लघुवित्त ६३.८५ र म्युचुअल फन्ड ०.०८ अंकले घट्यो।
आज जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै महिला लघुवित्तको सेयरमूल्य ९.९९, समता घरलु लघुवित्त ९.९२, रुरु हाइड्रोपावर ९.९१, युनियन हाइड्रोपावर ९.५२ र जोशी हाइड्रोपावर ९.४९ प्रतिशतले बढ्यो।
आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। सिंगटी हाइड्रोको सेयरमूल्य ९.०७, न्यादी हाइड्रोपावर ८.५७, सिनर्जीपावर ४.६४, र कालिका पावरको सेयरमूल्य ४.२४ प्रतिशतले घट्यो।
यो दिन एचआईडीसीएलको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ४६ करोड ७४ लाख बढीको सेयर कारोबार भयो भने एनसीसी बैंक ४२ करोड ९४ लाख, लक्ष्मी बैंक २६करोड ४५ लाख अवि पावर १५ करोड ५७ लाख र निफ्राको १५ करोड ७ लाख बढीको सेयर कारोबार भयो।