काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज मंगलबार(मंसिर २३ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कुल २६.३१ प्रतिशत लाभांसमध्ये हाल कायम चुक्तापुँजी १ अर्ब २ लाख २९ हजार ४२५.६६ रुपैयाँको २५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि १।३१ प्रतिशतले हुन आउने नगद लाभांश प्रस्ताव गरिएको छ।
यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिनेछ।