काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। संस्थाले गत पुस २८ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव बमोजिम बिक्री नभई बाँकी रहेको हकप्रद सेयर लिलमीमार्फत बिक्री गर्न लागेको हो।
संस्थाले बिक्री नभई बाँकी रहेको हकप्रद सेयरमध्येको ३३६८ कित्ता प्रवर्धक सेयर र ९०७४ कित्ता सर्वसाधारण सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
लिलामी सेयरको बिक्री तथा निष्कासन प्रबन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।