साना किसान विकास लघुवित्तको रजिष्टर्ड कार्यालय स्थानान्तरण

2021-08-08
साना किसान विकास लघुवित्तको रजिष्टर्ड कार्यालय स्थानान्तरण

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरिएको छ ।

काठमाण्डौ महानगरपालिका वडा न. ३२ सुविधानगर तीनकुनेबाट काठमाण्डौ जिल्ला,काठमाण्डौ महानगरपालिका वडा न. ११ बबरमहल काठमाण्डौस्थित नेपाल औषधि लिमिटेड बबरमहलको परिसरमा रहेको भवनमा स्थानान्तरण गरिएको संस्थाले जनाएको छ । 

संस्थाको कार्यालय साउन २२ गतेका दिन स्थानान्तरण गरिएको संस्थाले जनाएको छ ।  


Share this with your friends: