साना किसान विकास लघुवित्तको सीईओमा कोइराला पुनःनियुक्त

2021-08-24
साना किसान विकास लघुवित्तको सीईओमा कोइराला पुनःनियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा.शिवराम प्रसाद कोइराला पुनःनियुक्त भएका छन् । 

संस्थाको आज(भदौ ८ गते)बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ १४ गतेदेखि लागू हुनेगरी संस्थाको सीईओमा नियुक्त गरिएको संस्थाद्वारा सूचनामा उल्लेख गरिएको छ । 


Share this with your friends: