सानिमा माई हाइड्रोद्वारा लाभांस प्रस्ताव

2020-12-01
सानिमा माई हाइड्रोद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको सोमबार(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस प्रस्ताव गरेको हो। 

जस अनुसार बैठकले हाल कायम चुक्तापुँजि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर प्रयोजका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांसमध्ये चुक्ता पुँजिको १० प्रतिशतले हुन आउने २५ करोड ५३ लाख १० हजार रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १२ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

प्रस्तावित लाभांस कम्पनीको पुस २३ गते आयोजना हुन गइरहेको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ ।     

 


Share this with your friends: