सानिमा बैंकको ‘नव वर्ष , नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक

2021-04-09
सानिमा बैंकको  ‘नव वर्ष , नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक

काठमाण्डौ । नयाँ वर्ष २०७८ का अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ। 

अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो।  यो योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 
यो योजना यही चैत २९ देखि आउँदो वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ। 

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमु प्रालिका तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका छन्। सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमा गई आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम सञ्चालनमा रहेका छन्। सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।


Share this with your friends: