सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग उपलब्ध गराउने

2021-04-26
सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग उपलब्ध गराउने

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सहयोग उपलब्ध गराउने सम्झौता नवीकरण भएको छ। 

मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

माइती नेपालले करिब ३ दशकदेखि महिला तथा बालबालिका बेचबिखनविरुद्ध विभिन्न काम गर्दै आइरहेको छ। सो समझदारीपत्रमा माइती नेपालका तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन्। 

सानिमा बैंकको देशभर ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटीएम रहेका छन्।


Share this with your friends: