काठमाण्डौ । सानिमा बैंक लिमिटेडले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपालका विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट NepaliSat-2 अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी ९नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान० र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ। सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष NepaliSat-1 को निर्माणरप्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा। आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’ का रुपमा नेतृत्व गर्दै आएका छन्।
कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘NepaliSat-2 विद्यालय’ नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन्। जसअन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत NepaliSat-2 मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माणरप्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ।
देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासका लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा। आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ। अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा। मास्केले बताए।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले काठमाण्डौ उपत्यकाबाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
सानिमा बैंकले देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।