काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको बुक क्लोज मिति तय गरिएको छ । सानिमा इक्विटी फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३३ प्रतिशत र सानिमा लार्ज क्याप फन्डका लागि घोषण गरिएको ४ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।
लाभांस वितरण प्रयोजनका लागि आगामी असोज १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले भदौ ३१ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डहरुद्वारा घोषणा गरिएको नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।