सानिमा क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2021-09-10
सानिमा क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असोज १५ गते शुक्रबारका दिन काठमाण्डौ नक्सालमा रहेको सानिमा बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: