काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १४ गते बुधबारका दिन नयाँ बानेश्वर काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीआो निष्कासन गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा यसबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धि वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरिनेछ ।