सान्जेन जलविद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-05
सान्जेन जलविद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १३ गते मंगलबारका दिन बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको स्मार्ट क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांस वितरण नगर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्म वासलात र आ.व २०७७/७८ को नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी उक्त सभामा आ.व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ। 

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस ५ देखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।    


Share this with your friends: