काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओ हाललाई स्थगित गरिएको छ । इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो ।
परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।