सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

2021-09-03
सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ आज(भदौ १८ गते)देखि पुनः निष्कासन गरिएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ  इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख त्ता गरी कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले नेपाल एसबीआई बैंक इलाम शाखा, सिद्धार्थ बैंक इलाम शाखा, लक्ष्मी बैंक इलाम शाखा, एनएमबी बैंक इलाम शाखा, सिभिल बैंक माईपोखरी शाखाबाट दरखास्त फारम लिई बुझाउनु पर्नेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सम्पूर्ण सी–आस्वा सदस्य बैंक बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सक्नेछन् । 

कम्पनीले आयोजना प्रभावित तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत असार ३१ गते स्वीकृति प्राप्त गरेको थियो । 


Share this with your friends: