काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १ गते)अन्तिम दिन रहेको छ ।
कम्पनीले गत भदौ १८ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले नेपाल एसबीआई बैंक इलाम शाखा, सिद्धार्थ बैंक इलाम शाखा, लक्ष्मी बैंक इलाम शाखा, एनएमबी बैंक इलाम शाखा, सिभिल बैंक माईपोखरी शाखाबाट दरखास्त फारम लिई बुझाउनु पर्नेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सम्पूर्ण सी–आस्वा सदस्य बैंक बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत असार ३१ गते स्वीकृति प्राप्त गरेको थियो ।