काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।
आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्य९डिपी०मा सम्पर्क गरी लक इन पिरियडसहितको डीआरएनमार्फत सहज तरिकाबाट अभौतिकरण गर्न आग्रह गरिएको छ ।
यस्तै आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा सम्पर्क गरी बाँडफाँड भएको सेयरको जानकारी लिई आफ्नो डीपीमा सम्पर्क गरी लक इन पिरियडसहितको डीआरएनमार्फत सहज तरिकाबाट अभौतिकरण गर्न कम्पनीले आग्ह गरेको छ ।