सामलिङ्ग पावरद्वारा आईपीओ बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता

2022-01-06
सामलिङ्ग पावरद्वारा आईपीओ बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आईपीओ बाँडफाँडमा आंशिक सेयर परेका तथा बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको माईजोगमाई नगरपालिका वडा न.४ र ५ तथा इलाम नगरपालिका ८ र १० मा स्थाई बसोबास गर्ने बासिन्दाहरु तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई आईपीओ बाँडफाँडमा आंशिक सेयर परेका तथा बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता गरेको हो । 

उक्त रकम कम्पनीले गत असोज २५ गतेदेखि आवेदकहरुले दरखास्त फारममा उल्लेख गरेको बैंक खाता नम्बरमा रकमान्तर गरिएको जनाएको छ ।  

 


Share this with your friends: