सामान्य अंकले बढ्यो बजार, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्यमा उछाल

2020-12-29
सामान्य अंकले बढ्यो बजार, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा हरियाली छाएको छ। आज निर्जीवन बीमा समूह ११.८५ अंकले बढ्दै ९३८९.६७ को बिन्दुमा पुग्यो। 

आज जीवन बीमा समूहमा भने गिरावट आयो। यो दिन जीवन बीमा समूह ७०.०२ अंकले घट्दै १३१४५.३८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयमूल्य ७.५० प्रतिशतले बढ्दै प्रतिकित्ता ६५९ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको बढोत्तरी आएको छ। नेप्से परिसूचक ५.५७ अंकले बढ्दै २०१२.८९ को उचाईमा पुग्यो। यो दिन बजारमा २०९ कम्पनीका ८० लाख १ हजार ३१४ कित्ता सेयर ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा चार वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै अंकले बढ्यो। यो समूह १९५.९ अंकले बढ्यो भने अन्य समूह ५०.०७ र लघुवित्त ११.३७ अंकले बढे। 

बैंकिङ समूह ९.७ अंकले घटेको आज व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५, हाईड्रोपावर १८.७२, वित्त २.१५ र म्युचुअल फन्ड ०.०१ अंकले घटे। 
आज दुईवटा कम्पनीका सेयरमूल्यमा पोजेटिक सर्किट लागेको छ। नागरिक लगानी कोष र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

यो दिन मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको गिरावट आयो।

यो दिन नबिल बैंकको सर्वाधिक ५३ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्ट्सको २७ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ७७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ८८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको ९ करोड ९७ लाख रुपैयाँ र नेपाल टेलिकमको ९ करोड रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: