सामान्य अंकले बढ्यो नेप्से, बीमाका दुवै समूहमा हरियाली

2021-01-11
सामान्य अंकले बढ्यो नेप्से, बीमाका दुवै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज निर्जीवन बीमा समूह १७६.९३ अंकले बढ्दै १०२९२.३९ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह पनि १६१.२९ अंकले बढ्दै १४१०७.२३ को उचाई चुम्न सफल बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.६६ अंकले बढ्दै प्रतिकित्ता २२५ रुपैयाँ कायम भयो। त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य ७.३० र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ५.७२ प्रतिशतले बढ्दै प्रतिकित्ता क्रमश ७५० र १०९० रुपैयाँ कायम भयो। यो दिन सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ५.३२ नेशनल लाइफको ३.१४, नेपाल इन्स्योरेन्स कम्पनी ३.१०, सूर्या लाइफ २.८६ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य २.३३ प्रतिशतले बढे। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। परिसूचक ३.७० अंकले बढ्दै २२३९.४२ को उचाईमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता सेयर ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ७ वटा समूह उकालो लागे भने अन्य ५ वटा समूह भने ओरालो लागे। बैंकिङ समूह २.८७ अंकले बढेको आज विकास बैंक २८.५९, हाइड्रोपावर ३.३८, वित्त ११.५३ र म्युचुअल फन्ड ०.०५ अंकले बढ्यो। 

आज आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य सार्वाधिक वृद्धि भयो। संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो भने नारायणी डेभलपमेन्ट बैंकको ९.९३, युनाइटेड फाइनान्स ९.७४ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.७३ प्रतिशतले बढ्यो। 

आज मल्टीपर्सस फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.९५ प्रतिशतले घट्यो। यस्तै गोर्खाज फाइनान्सको सेयरमूल्य ३.७३ प्रतिशत, सिभिल लघुवित्त ३.६४, सिटिजन बैंक ३.५८ र खानीखोला हाइड्रोपावर को सेयरमूल्य ३.५४ प्रतिशतले घट्यो। 

यो दिन सिद्धार्थ बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ४२ करोड ६२ लाख बढीको सेयर कारोबार भयो। सर्वाधिक सेयर कारोबार  गर्ने अन्य कम्पनीमा प्रभु बैंक, एनएमबी बैंक, सिभिल बैंक र नेशनल लाइफ रहे। यी कम्पनीले क्रमश २५ करोड १२ लाख, १८ करोड ६९ लाख, १८ करोड २९ लाख र १८ करोड ५ लाख बढीको सेयर कारोबार गरे। 

 


Share this with your friends: