काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ९१.९८ अंकले बढ्दै १७२१५.९२ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। निर्जीवन बीमा उपसूचक ६२.६३ अंकले घट्दै १३५८५.०४ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.७९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२६ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। बीमातर्फ आज अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले घट्दै प्रतिकित्ता ८४५ रुपैयाँ कायम भयो भने हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि २.६१ प्रतिशतले घट्दै प्रतिकित्ता ७८३ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भयो। परिसूचक २.७४ अंकले बढ्दै २६७४.३५ को उचाईमा पुग्यो। यो दिन बजारमा २०७ कम्पनीका १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर र ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० रुपैयाँमा किनबेच भयो।
आज बजारमा ७ वटा समूहमा मात्रै हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि लघुवित्त समूहमा आयो। लघुवित्त समूह १०६.१३ अंकले बढेको आज वित्त ३९.४३, होटल एण्ड टुरिजम २९.७९, विकास बैंक २०.६२, बैंकिङ समूह १.८९ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो।
व्यापार समूह ३२.०१ अंकले घटेको आज हाइड्रोपावर २३.३३, उत्पादन तथा प्रशोधन २८.७७, अन्य २२.५१ र लगानी समूह ०.४३ अंकले घट्यो।
आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९४ प्रतिशतको वृद्धि भयो। त्यस्तै ग्रिनलाइफ हाइड्रोको सेयरमूल्य ९.९२, मल्टीपसर्स फाइनान्स ९.७७, रिलायन्स फाइनान्स ९.६८, ग्लोबल आइएमई लघुवित्त ९.६०, श्री इन्भेष्टमेन्ट फाइनान्स ८.३७ र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ७.९८ प्रतिशतले बढ्यो।
आज युनिर्भसल पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सर्वाधिक अर्थात ४.४२ प्रतिशतको गिरावट आयो। यसैगरी रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ४.१७, अजोड इन्स्योरेन्स ३.६५ र पन्चकन्या माईहाइड्रोको सेयरमूल्य ३.५४ प्रतिशतले घट्यो।
यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३७ करोड १३ लाख बढीको सेयर कारोबार भयो भने निफ्राको २५ करोड ५५ लाख, नेपाल बैंक लिमिटेड २४ करोड ७ लाख र चन्द्रागिरी हिल्सको २२ करोड ४४ लाख बढीको सेयर कारोबार भयो।