काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २०९.३ अंकले घट्दै १८०६२.५४ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि १७१.५७ अंकले ओरालो लाग्दै १४८२१.२६ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने दुईवटा बीमा कम्पनीहरु परे । आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ३.१४ र गुराँस लाइफको २.८२ प्रतिशतले घट्यो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो । परिसूचक १.२५ अंकले बढ्दै ३०८१.०५ बिन्दुमा पुग्यो । यो दिन बजारमा २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँमा किनबेच भयो ।
१३ वटा समूहमध्ये आज ६वटा समूहमा मात्रै हरियाली छायो । आज हाइड्रो समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह ७९.९१ अंकले बढ्यो । त्यस्तै व्यापार समूह ७०.६५, विकास बैंक १९.२७, उत्पादन तथा प्रशोधन ३४.७८, लघुवित्त ६५.२१ र लगानी समूह १.८३ अंकले बढ्यो ।
बैंकिङ समूह ५.६३ अंकले घटेको आज होटल एण्ड टुरिजम ९१.४७, वित्त ३१.७२, अन्य ३१.५८ र म्युचुअल फन्ड ०.०२ अंकले घट्यो ।
आज ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रो र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
आज लक्ष्मी इक्विटी फन्डको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । फन्डको मूल्य ६.९८ प्रतिशतले घट्यो । त्यस्तै चन्द्रागिरी हिल्सको मूल्य ३.८६ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.१५ प्रतिशतले घट्यो ।
यो दिन नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३६ करोड ६ लाख बढीको सेयर कारोबार भयो । यूनाइटेड मोदि हाइड्रोपावरको ३५ करोड ३ लाख, सिनर्जी डेभलपमेन्ट पावर कम्पनी, ३२ करोड १२ लाख र ङादी पावर गुप्रपावर कम्पनीको ३० करोड ४६ लाख बढीको सेयर कारोबार भयो ।