सामान्य अंकले बढ्यो बजार, बीमातर्फ एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-09-01
सामान्य अंकले बढ्यो बजार, बीमातर्फ एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.५९ अंकले बढ्दै १६८९८.२३ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६३.५९ अंकले घट्दै १३७३१.७६ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान बनाउन सफल भयो। आज एलआईसी नेपालको सेयरमूल्य ४.३७ प्रतिशतले बढ्दै प्रतिकित्ता २२९५ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य २.०४ प्रतिशतले घट्दै प्रतिकित्ता ७२० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक १.१४ अंकले बढ्दै २९७६.९८ बिन्दुमा पुग्यो। यो दिन २२६ कम्पनीका १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली आयो भने अन्य सबै समूहमा रातो पोतियो। आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै वृद्धि भयो। यो समूह १३०.४३ अंकले बढ्यो भने बैंकिङ ७.८९, जीवन बीमा ७४.५९ र लगानी समूह ०.०१ अंकले बढ्यो। 

आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ८७.८२ अंकले घट्यो। त्यस्तै व्यापार समूह ७.३४, विकास बैंक ४०.१४, हाइड्रोपावर १९.९६, उत्पादन तथा प्रशोधन २.४२, अन्य १.४४, लघुवित्त ५.९४ र म्युचुअल फन्ड ०.०६ अंकले घट्यो। 

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ७.५५ प्रतिशतले बढ्यो। ओरियन्टल होटलको सेयरमूल्य ६.१४, यूनाइटेड मोदि हाइड्रो ६.०४ र हिमालयन उर्जा विकासको सेयरमूल्य ६.०२ प्रतिशतले बढ्यो। 

आज खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ७.७७ प्रतिशतले घट्दै प्रतिकित्ता ३८० रुपैयाँ कायम भयो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ५९ करोड ९९ लाख बढीको सेयर कारोबार भयो भने यूनाइटेड मोदि हाइड्रोपावरको ३० करोड १४ लाख र अपि पावरको २३ करोड ७५ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: