काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा.शिवहरी श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले गत फागुन २३ गते दिएको राजीनामा सोहि दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको संस्थाले जनाएको छ।
उनको राजीनामा विस २०७८ बैशाख १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको छ। यस्तै संस्थाको गत फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले २०७७ चैत १ गतेदेखि लागू हुने गरी संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत वेलु माया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरिएको संस्थाले जनाएको छ।