काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट ९.११ प्रतिशत बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशत नगद लाभांस गरी कुल ९.५९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३५० रुपैयाँ बराबरको बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६५० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।