काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस संसोधन गरिएको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट प्रस्ताव गरिएको लाभांस संसोधन गरेको हो। वित्तीय विवरण संसोधन गरी पेश गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम संस्थाको लाभांस संसोधन गरिएको संस्थाले जनाएको छ।
संसोधित लाभांस अनुसार अब संस्थाले हाल कायम चुक्तापूँजीको ८.१३ प्रतिशत बोनस सेयर र ०.४२८२३३ प्रतिशत नगद लाभांस गरी कुल ८.५५८२३३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। नयाँ प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ८.१३ प्रतिशतले हुन आउने १ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।
यसअघि संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ९.११ प्रतिशत बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशत नगद लाभांस गरी कुल ९.५९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। संस्थाद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३५० रुपैयाँ बराबरको बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६५० रुपैयाँ बराबरको नगद लाभांस९कर प्रयोजनका लागि० रहेका थिए।