काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले वि.स २०७८ वैशाख ३ गते शुक्रबारका दिन काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल अरनिकोमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ८.१३ प्रतिशत बोनस सेयर र ०.४२८२३३ प्रतिशत नगद लाभांस गरी कुल ८.५५८२३३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै सम्बन्धित निकायबाट स्वीकृती लिई थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
सभामा एफपीओ र बोनस सेयरपश्चात पूँजी वृद्धि हुने भएकाले पूँजी वृद्धि लगायतका विषयमा प्रबन्धपत्र÷नियमावलीमा संसोधन गर्ने र अन्य कुनै वित्तीय संस्था गाभ्ने÷गाभिने प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा सारथी लघुवित्त र साविकको नयाँ नेपाल लघुवित्तको लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७/७८ को लेखापरीक्षण्का लागि लेखारीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूह क बाट ४ जना र सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ।
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १९ गतेदेखि वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन्।