सारथी नेपाल लघुवित्तको सीईओमा खड्का नियुक्त

2021-04-30
सारथी नेपाल लघुवित्तको सीईओमा खड्का नियुक्त

 काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादुर खड्का नियुक्त भएका छन्। संस्थको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले उनलाई वैशाख ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। 

 


Share this with your friends: