साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

2021-02-07
साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत मंसिर ३० गते सम्पन्न ५३ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर मंसिर १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले मंसिर १४ गतेपछि सेयर अभौतिकीकरण गरेका सेयरधनीको हकमा भने क्रमश उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको जनाएको छ। यसका साथै कम्पनीले सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न जानकारी गराएको छ। 

यसैगरी मंसिर १४ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीको हकमा कर्जा राफसाफ भईसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरेको छ। सो मिति पश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुदाँ सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफूले सेयरधनीको सेयर रोक्कामा रहे÷नरहेको एकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस सेयर समेत रोक्कामा राख्न आवश्यक पहलकदमी गर्न समेत अनुरोध गरेको छ। 

 


Share this with your friends: