काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक १६ गते मंगलबारका दिन बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।