सिंगटी हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

2021-01-06
सिंगटी हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज पुस २१ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। 

बोर्डले कम्पनीलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता आईपीओ जारी गर्नेछ। 

आईपीओ निष्काशनको लागि कम्पनीले गत भदौ २० गते बोर्डमा आवेदन दिएको थियो । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ।

आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको ११ औँ वार्षिक साधारण सभा आउँदो पुस २९ गते आयोजना हुन गइरहेको छ। 

 


Share this with your friends: