सिंगटी हाइड्रोको आईपीओ निष्कासनको समयावधि थप

2021-01-31
सिंगटी हाइड्रोको आईपीओ निष्कासनको समयावधि थप

काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्लाको समयावधि थप गरेको छ। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको हो। कम्पनीले फागुन ३ गते(बैंकिङ समय)सम्मका लागि आईपीओ निष्कासनको समयावधि थप गरेको हो। 

आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि कम्पनीले गत माघ ४ गतेदेखि रु १०० अंकित दरका १४ लाख ५० हजार कित्ता साधारण सेयर(आईपीओ) निष्कासन गरेको थियो। यो आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।  

 


Share this with your friends: