काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आज(चैत ६ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।
कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको २६ लाख ९७ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएकोछ। यो आईपीओ निष्कासन छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यसअघि आयोजना प्रभावित स्थानियका लागि कम्पनीले गत माघ ४ गतेदेखि १८ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी ९बीबी०–आइएस रेटिङ प्रदान गरेको छ।