सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-03-23
सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत चैत ६ गतेदेखि निष्कासित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको २६ लाख ९७ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएकोछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

यसअघि आयोजना प्रभावित स्थानियका लागि कम्पनीले गत माघ ४ गतेदेखि १८ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी (बीबी)–आइएस रेटिङ प्रदान गरेको छ। 

 


Share this with your friends: