काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।
उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने क्यापिटलले जनाएको छ। कम्पनीले आम सर्वसाधारणका लागि गत चैत ६ गतेदेखि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको थियो। बाँकी रहेको २६ लाख ९७ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। यसअघि आयोजना प्रभावित स्थानियका लागि कम्पनीले गत माघ ४ गतेदेखि १८ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
सिडीएससीका अनुसार यो आईपीओमा १६ लाख २२ हजार ७२१ आवेदनबाट २ करोड ४७ लाख १० हजार ८८० कित्ताका लागि आवेदन परेको छ।