काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सम्पन्न भएको हो।
कम्पनीले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आम सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ताआईपीओ बिक्री निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
क्यापिटलका अनुसार यो आईपीओमा कुल १५ लाख ६५ हजार ५३० आवेदकबाट कुल २ करोड २८ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । कुल आवेदकमध्ये १५ लाख ५९ हजार ८०२ आवेदकबाट माग भएको २ करोड २७ लाख ६८ हजार २६० कित्ता सेयरमात्र सदर भएको छ। बाँकी ५ हजार ७२८ आवेदकबाट माग भएको ८१ हजार ४१० कित्ता सेयर बदर भएको छ।
यसरी २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १२ लाख ९० हजार १०२ आवेदनको हात भने खाली भएको छ।