काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोहि बैठकले यसअघिका कम्पनी सचिव रमेश अधिकारीको राजीनामा स्वीकृत गरेको कम्पनीद्वारा जारी सूचना उल्लेख छ।