सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

2021-05-14
सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज(वैशाख ३१)गते हुने भएको छ। उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइन क्यापिटल लिमिटेडको कार्यालयबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। 

कम्पनीले गत वैशाख १७ गतेदेखि रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

धितोपत्र निष्कासनकर्ता सनराइन क्यापिटलका अनुसार यो आईपीओमा १६ लाख ८५ हजार ६२७ आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन परेको छ। यो मागभन्दा १०.२२ गुणा धेरै हो। मागभन्दा धेरै आवेदन परेका कारण आईपीकोको बाँडफाँड गोलाप्रथाबाट गरिनेछ। जसमध्ये २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् भने बाँकी सबैको हात खाली हुनेछ। 

 


Share this with your friends: