सिईडिबि हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म सेयर बिक्रि गर्न नपाउने

2021-06-11
सिईडिबि हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म  सेयर बिक्रि गर्न नपाउने

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म कम्पनीको सेयर बिक्रि गर्न नपाउने भएका छन् ।

कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको संस्थापक सेयर लकिङ भएको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को परिच्छेद ९ दफा ३८ उपदफा १ बमोजिक निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँट भएको मितिले तीन वर्षे अवधि पुरा नभई विक्री गर्न नपाउने व्यवस्था रहेकाले सिईडिबिका संस्थापक र कर्मचारीहरुले आगामी ३ वर्षसम्म सेयर बिक्री गर्न नयाउने कम्पनीले जनाएको छ । 

कम्पनीले गत वैशाख ३१ गते  आईपीओ बाँडफाँट गरेको थियो  । सोही आधारमा कर्मचारी र संस्थापक समूहको  सेयर विसं २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको कम्पनीले जनाएको छ ।


Share this with your friends: