काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २९ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले २० करोड रुपैयाँको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति माग पाएपछि कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।