सिटिजन्स बैंकमा तिनाउ मिसन विलय हुने पक्का

2021-01-07
सिटिजन्स बैंकमा तिनाउ मिसन विलय हुने पक्का

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिशन डेभलपमेन्ट बैंकबिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ। सटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हिजो(पुस २२ गते) हस्ताक्षर सम्पन्न भएको हो। 

मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै काठमाण्डौ म.न.पा.१ नारायणहिटी पथमा रजिष्ट्रड कार्यालय रहेको सिटिजन्स बैंकले रुपेन्देहि जिल्ला बुटवल उ.म.न.पा ४ मा रहेको रजिष्ट्रड कार्यालय रहेको तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने कार्यले मूर्त रुप लिएको छ। 

यससँगै प्राप्ति सम्बन्धी प्रतिवेदन पारित गर्न सिटिजन्स बैंकले विशेष साधारण सभा र तिनाउ मिसनले वार्षिक साधारण सभा डाकेको छन्। 

सिटिजन्स बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ १५ गते काठमाण्डौ नारायणहिटी पथमा रहेको बैंकको प्रधान कार्यालयमा वेविनार मार्फत विशेष साधारण सभा सञ्चालन गर्ने निर्णय गरेको छ। सभामा बैंकको हाल कायम चुक्तापूँजी रु. १० अर्ब लाई वृद्धि गरी १५ अर्ब पुर्याउने र बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

बैंकले माघ ०२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

यस्तै मूल्यांकनकर्ताबाट प्राप्त विभिन्न प्रतिवेदनका आधारमा तिनाउ मिशन बैंकको १०० कित्ता सेयरलाई सिटिनन्स बैंकको ९६ कित्ता(१ः०.९६) दिने गरी सेयर मूल्य अनुपात कायम गर्ने र बैंकलाई प्राप्ति गर्न स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै प्राप्ति सम्बन्धी अन्तिम सम्झौता लगायत मर्जर तथा एक्वीजीसन समितिबाट भएका कामहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

यस्तै तिनाउ मिशन डेभलपमेन्ट बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ १५ गते रुपेन्देहीमा रहेको अम्रपाली कटेज एण्ड रेष्टुरेन्टमा बैंकको चौथो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत पारित गरिनेछ। यसैगरी सभामा आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसा तथा नगद प्रवाह विवरण लगायतका आर्थिक विवरणहरु माथि छलफल गरी पारित गरिनेछ। 

बैंकले माघ २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: