काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम बीमितको घरमै पुगेर भुक्तानी गरेको हो।
कम्पनीले गल्याङ ५ मिर्मीकी तुलसी घर्ती र तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । गल्याङ ५ मिर्मीकी तुलसी घर्तीले एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिएकि थिइन् । कम्पनीले उनका छोरा अमृत जिसीलाई दाबी भुक्तानी बापतको ११ लाख ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
त्यस्तै तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिले ५ लाख बिमाङ्कको सुभारम्भ बिमा योजना खरिद गरेका थिए । कम्पनीले उनको मृत्यु दाबी भुक्तानी बापतको ५ लाख ६७ हजार रुपैया उनकी श्रीमती नैना पूरिलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा ब्रान्च अफिस असोसिएट जिन्ता राना, एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली , शशी आले लगायतको उपस्थिति रहेको थियो ।