काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सतप्रतिशत छुट प्रदान गर्ने समय थप गरेको छ । कम्पनीले बीमितहरुको माग र हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै व्यतित बीमालेख नविकरणमा सतप्रतिशत छुटको समयावधिलाई थप गरेको हो ।
अब बीमितहरुले असार ३१ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत छुट पाउने छन् । यसअघि कम्पनीले असार २४ गतेसम्म यस्तो छुटको व्यवस्था गरेको थियो ।